समाज : सुरक्षा/अपराध

गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार घटना, प्रहरी हस्तक्षेपले मुद्दा दर्ता

जेठ १४, २०७८

    जनकपुरधाम : गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता गरिएको छ।

    सबैला नगरपालिकामा एक १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताले गाउँमै मिलाउन दबाब दिएका थिए। 

    सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने तीन जना युवाले बालिकालाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेका पीडित बालिकाले जनाएकी छन्।

    पीडित बालिकाका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवाविरुद्ध उजुरी दर्ता गराएका छन्।

    जेठ १२ गते दिउँसो खेत गएकी बालिकालाई गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले बलात्कार प्रयास गरेको पीडितले बताइन्।

    घटनालगत्तै आरोपित तीनै जना युवाहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए।

    प्रेस मञ्च प्रदेश २ का कार्यवाहक अध्यक्षसमेत रहेको सबैलाका स्थानीय बासिन्दा सुरेश यादवको अनुसार घटनापश्चात् पीडित परिवारलाई गाउँमै मिल्न स्थानीय केही नेताले दबाब दिँदै आएका थिए। 

    अध्यक्ष यादवले भने, ‘पीडित पक्षलाई स्थानीय केही नेताले मिल्न दबाब दिएर पञ्चायत बसाएको थाहा पाएपछि मैले नै प्रहरीलाई खबर गरें। जानकारी पाएलगत्तै पञ्चायतमै प्रहरीको टोली पुगेर हस्तक्षेप गरे।’

    प्रहरी टोलीले पीडित बालिकाको परिवारजनलाई इलाका प्रहरी कार्यालय सबैला लगेर किटानी जाहेरी दर्ता गराउनुका साथै बालिकाको स्वास्थ्य परीक्षणसमेत गराएको छ।

    घटनाबारे अनुसन्धान भइरहेको र फरार आरोपीको तदारुकताका साथ खोजतलास भइरहेको इप्रका सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]