काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन्। अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदा...
काठमाडौं : काठमाडौंको जाम हटाउन सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा सबैभन्दा जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिए।
यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त तीन सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए।
यस्तै, दुई वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न दुई अर्ब ६४ करोड बजेट विनियोजन गरिएको पौडेलले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।