स्थानीय निर्वाचन-२०७९

कर्णालीमा कोरोना : १५ हजार बढी संक्रमणमुक्त, २२८ जनाले ज्यान गुमाए

जेठ १६, २०७८

    सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएयता कर्णाली प्रदेशमा १६ हजार ८८६ जना संक्रमित भेटिएका छन्‌ भने २२८ जना संक्रमितको ज्यान गएको छ। 

    कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक महिनाभित्रै यहाँ १९५ जना संक्रमितको ज्यान गएको छ। महामारीको दोस्रो लहर नियन्त्रण गर्न लगाइएको लकडाउन यतामात्रै थप ८ हजार ८२४ जना संक्रमित फेला परेका छन्‌। निषेधाज्ञाकै समयमा प्रदेशभर संक्रमित र ज्यान गुमाउने क्रम बढेको हो।

    निषेधाज्ञा लागु हुनुअघि अर्थात बैशाख १४ गतेसम्म प्रदेशभर मृत्यु हुनेको संख्या जम्मा ३३ जना मात्रै थियो। तर, यो एक महिनामा मृत्यु हुनेको संख्या बढेर २२८ पुगेको छ। 

    त्यस्तै, यो एक महिना प्रदेशमा सात हजार पाँचसय १७ जनाले कोरोना जितेका छन्। बैशाख १३ गतेसम्म प्रदेशभर कोरोनामुक्त हुनेको संख्या ७ हजार ६५३ थियो। शुक्रबारसम्म प्रदेशभर कोरोनामुक्त हुनेको संख्या १५ हजार एकसय ७० जना पुगेको छ।

    नागरिकहरूले निषेधाज्ञा पालना नगर्दा संक्रमण र मृत्युदर बढेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए। नागरिक अटेरी भएकै कारण संक्रमण दर उकालो लागेको उनको तर्क छ।

    जिल्ला प्रशासन कार्यालयले पनि नागरिकहरू अटेरी हुँदा मृत्यु र संक्रमण दर बढेको जनाएको छ। ‘कोरोना रोकथामका लागि निषेधाज्ञा लगाइयो, तर अधिकांश नागरिक अटेरी भए,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘निषेधाज्ञाको पालना गर्नेभन्दा पनि प्रहरीको आँखा छल्ने र निषेधाज्ञा उल्लंघन गर्नेहरू धेरै भए।’

    निषेधाज्ञा कडाइ गर्ने जिम्मेवारी प्रहरी प्रशासनको मात्रै हो भन्ने मानसिकताका कारण जिम्मेवार व्यक्तिले नै निषेधाज्ञा उल्लंघन गर्ने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]