काठमाडौँ : नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उप...
ओखलढुंगा : ओखलढुंगामा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ। सोमबार जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ६ सय ८६ पुगेको हो।
स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा सिद्धिचरण नगरपालिकाका ९ जना, चिशंखुगढी गाउँपालिकाका ६ जना, मानेभञ्ज्याङ गाउँपालिकाका १ जना र मोलुङ गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लामा संक्रमितको संख्या ६ सय ८६ पुगेको छ।
जिल्लामा पीसीआर र एन्टिजेन दुवै विधिबाट कोरोना परीक्षण भइरहेको छ। स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म २ हजार १ सय ३ जनाको कोरोना परीक्षण गरिएको छ।
जसमा १ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २४ जना संक्रमित देखिएका छन् भने एन्टिजेन विधिबाट ४ सय ५० जनाको परीक्षण गर्दा १ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ।
यस तथ्यांकमा ३ जनाको भने पीसीआर र एन्टिजेन दुवै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयको भनाइ छ। ओखलढुंगामा हाल सम्म संक्रमितमध्ये ५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।