फिचर : फोटो फिचर

चीनबाट आइपुग्यो ८ लाख डोज खोप (फोटो फिचर)

जेठ १८, २०७८

    काठमाडौं : चीनले अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप आइपुगेको छ।

    सोमबार बेइजिङ गएको नेपाल एयरलायन्सको विमान मंगलबार दिउँसो खोप लिएर आएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरी सहयोगका लागि आग्रह गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

    जसमध्ये निगमको बिमानले बेइजिङबाट ८ लाख डोज खोप ल्याएको हो।

    यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानले मंगलबारै ल्याउने जनाइएको छ।

    अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]