खेलकुद

नेपालविरुद्ध ताइपेई : इराकसँग खेलेका खेलाडी परिवर्तन

जेठ २०, २०७८

    इलाम : विश्वकप तथा एसिया कप छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा चाइनिज ताइपेईविरुद्ध खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।

    इराकविरुद्धको मैत्रीपूर्ण खेलको सुरुवाती ११ मा २ जना परिर्वतन भएका छन्। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नवयुग श्रेष्ठ र मनिष डाँगीलाई परिर्वतन गरेका छन्।

    नवयुगको स्थानमा आशीष लामा र मनिषको स्थानमा सुनिल बललाई अल्मुताइरीले स्थान दिएका हुन्। पछिल्लो खेलमा मनिषले डेब्यु गर्दै गोल गरेका थिए। तर चोटका कारण उनले दोस्रो हाफमा मैदान प्रवेश गरेका थिएनन्। उनको स्थानमा मैदान प्रवेश गरेका सुनिलले आज अवसर पाएका छन्।

    नेपाली टिमको कप्तानी गोलरक्षक किरण चेम्जोङले नै गर्दैछन्। सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाएको छ। लेफ्ट ब्याकमा सुमन अर्याल तथा  राइट ब्याकमा गौतम श्रेष्ठले निरन्तरता पाएका छन्। मिडफिल्डमा पुजन उपरकोटीसँग सन्तोष तामाङ र सुमन लामाले खेल्नेछन्।

    आक्रमणमा अन्जन विष्टलाई आशीष र सुनिल बलले साथ दिनेछन्। 

    नेपालले ताइपेईलाई पराजित गर्न सकेको खण्डमा एसिया कप छनौटको सम्भावनालाई बलिया बनाउन सक्छ। यसअघि अवे गेममा अञ्जन विष्टको २ गोलको मद्दतमा नेपालले ताइपेईलाई हराउँदै अंक बटुलेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]