काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
सल्यान : सल्यानका विभिन्न स्थानमा बसोवास गर्दै आएको बादी समुदायको माछा मार्ने परम्परागत पेसा संकटमा परेको छ। माछा पाउने मुख्य स्थान खोलानालामा विषादी प्रयोग र करेन्ट लगाएर माछा मार्न थालिएपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदायको पेशा संकटमा परेको हो।
शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकामा बसोबास गर्दै आएका बादी समुदायहरुले परम्परागत रुपमा माछा मारेर जीविकोपार्जनको गर्दै आएका थिए। तर, पछिल्लो समय स्थानीय खोलानालामा माछा पाइन छाडेपछि उनीहरु अन्य पेशा व्यवसाय अँगाल्न बाध्य भएका छन्।
पहिले दिनमा तीन देखि चार किलोसम्म माछा मार्ने गरे पनि पछिल्लो समय दिनभर चाहर्दा पनि मुस्किलले आधा किलो मार्ने गरेको शारदा नगरपालिका–१ शान्तिनगरका रामु बादीले बताए। उनले भने, ‘पहिले माछा मारेर दिनको १ हजारदेखि १२ सय रुपैयाँ आम्दानी हुन्थ्यो। परिवार पाल्न सजिलो थियो। तर आज भोलि तीन चार सय रुपैयाँ कमाउन पनि मुस्किल हुने गर्छ।’
खोलामा विषादी र करेन्ट लगाएर मार्न थालेपछि साना–ठूला सबै माछा मर्ने भएकाले माछा लोप हुँदै गएको बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोलाका दुर्गा बादी बताउँछन्। खोलामा माछा पाइन छाडेपछि अहिले बालुवा गिट्टी संकलन गर्दै आइरहेको उनको भनाइ छ। बजारमा पाइने माछा खाँदै आएका सर्वसाधरणहरु जालमा पारेको माछा देख्ने बित्तिकै किन्न र लैजान खोज्ने गरेको भए पनि पछिल्लो समय जालमा माछा नपर्ने गरेको उनले बताए। उनले भने, ‘प्राकृतिक रुपमा हुर्केका माछा जालबाट झिक्न नपाउँदै बिक्री हुन्छ। तर माछा नै नभएपछि के बिक्री गर्नु।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।