समाज

जंगली च्याउँ खाँदा इलाममा चारजना बिरामी, दुई गम्भीर

प्रतीकात्मक तस्बिर
जेठ २४, २०७८

    इलाम : विषालु जंगली च्याउ खाँदा इलाममा चारजना बिरामी भएका छन्। सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी बिरामी भएका हुन्।

    जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ वीरमानको घरमा पकाएर खाएका थिए। जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

    चारजनामध्ये जितबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेका अस्पतालले जनाएको छ। उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]