प्रवास

पत्रकार धितालमाथि गरिएको अपमानजनक व्यवहारमा इञ्जा युरोपको गम्भीर आपत्ति

जेठ २४, २०७८

    पेरिस / फ्रान्स : नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीले समाचारको विषयलाई लिएर पत्रकारमाथि गरेको अपमानजनक व्यवहारप्रति नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) युरोपले गम्भीर आपत्ति जनाएको छ।​

    इञ्जा युरोपका महासचिव समेत रहेका जर्मनी निवासी पत्रकार दीपक धितालले केही अनलाइन  'एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु' शीर्षकको समाचारलाई लिएर जनसम्पर्क समिती जर्मनीले निकृष्ट शब्द प्रयोग गर्दै गालिगलौज तथा धम्कीपूर्ण विज्ञप्ती निकालेकोमा गम्भीर ध्यानाकर्षण भएको इञ्जा अध्यक्ष ददि सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    'गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनी लगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थितिलाई गम्भीर विष्लेषण जनाएको गरी लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धिताल माथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काँग्रेस जस्तो पार्टीका भातृ संगठनका लागि पक्कै शोभनीय विषय होईन।' विज्ञप्तिमा भनिएको छ, 'सामान्यतया  प्रकाशित एवं प्रसारित समाचार प्रति कुनै असहमति भए सोही मिडियामा खण्डन गर्ने अन्तर्राष्ट्रिय प्रचलन र अधिकार हुँदा हुँदै, राजनीतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिती जर्मनीले समाचारको विषय लाई लिएर धम्कीको भाषा प्रयोग गर्नु भनेको सिंगो नेपाली प्रजातान्त्रिक विरासतलाई उपहास गर्नु हो। उल्लेखित समाचारमा कहीं कतै धार्मिक र जातीय कुरा गरिएको देखिँदैन। तर आफ्नै ढंगले विश्लेषण गरी समाचारलाई जातीय र धार्मिक रंग दिन खोजेर जनसम्पर्क समिती जर्मनीले मिलेर बसेको नेपाली समुदाय र एनआरएनए जर्मनीको आगामी अधिवेशनलाई कुन बाटोतर्फ लैजान खोजेको रहस्यमय छ।'

    इञ्जा युरोपले विभिन्न देशका जनसम्पर्क समितिहरु, नेपाली कांग्रेस केन्द्रिय कार्यालय, नेपाली कांग्रेस विदेश विभाग, नेपाली दुतावास, बर्लिन जर्मनीलाई बोधार्थ पठाउँदै पत्रकारप्रति राखिएको दुर्भावको र यस कार्यमा उत्रनेहरूले यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौ भनि माफी माग्न आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]