समाज

मोटरसाइकल चढेर क्वाटरबाट बाहिरिएर पूर्वमन्त्री जितेन्द्र सोनल

जेठ २४, २०७८

    जनकपुरधाम : प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन्।

    आइतबार राति मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए। पदमुक्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रहेका छन्। उनीहरु जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका हुन्।

    पूर्वमन्त्री सोनलले सोमबार बिहान जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाभित्र रहेको मधेस भवन भनेर नामाकरण गरिएको मन्त्री क्वाटर छाडेका हुन्। उनी आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता दिएर क्वाटरबाट मोटरसाइकल चढेर बाहिरिएका थिए। 

    मन्त्रीबाट पदमुक्तको सन्दर्भमा संक्षिप्त प्रतिक्रिया दिंदै सोनले भने, ‘सरकारमा सवा तीन वर्ष बसेर जनताको सेवा गर्ने मौका पाए, मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने छु।’ उनले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले उल्लेखनिय काम गरेको दावी गरे।

    मन्त्री सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए।

    मुख्यमन्त्री राउतले  भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्। जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट आठ मन्त्री र दुई राज्यमन्त्रीसहित १० जना प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि रुष्ट भएका उपेन्द्र यादवले प्रदेश २ को सत्ता समीकरण परिवर्तन गर्न लागेका छन्।

    मुख्यमन्त्री राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन्। अध्यक्ष यादवले मुख्यमन्त्री राउत कै नेतृत्वमा नयाँ सरकार बनाउन नेपाली कांग्रेस र माओवादी केन्द्रसँग छलफल अगाडि बढाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]