राजनीति

ओली, नेपाल, खनाल, गौतम र बोहरालाई विश्राम लिन भीम आचार्यको सुझाब

जेठ २४, २०७८

    काठमाडौं :  नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले केपी ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अमृत बोहोराले विश्राम लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्। 

    सोमबार सामाजिक सञ्जालमार्फत नेता आचार्यले चार बुँदे प्रस्ताव राख्दै प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी  दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन्। 

    उनले यतिबेला नेकपा (एमाले) पार्टी एकता गम्भीर संकटमा परेको भन्दै  देशकै प्रमुख पार्टीभित्रको विवाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै  उपलब्धीहरु संकटमा परेको बताएका छन्। राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था श्रृजना भएकाले पार्टीलाई एकतावद्ध बनाउँदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि पनि प्रथम पुस्ताका नेताहरुले विश्राम लिनुपर्नेमा जोड दिए।

    उनले २०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरि महाधिवेशनले निर्वाचित गरेको केन्द्रिय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन  प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित  गर्नुपर्ने बताए।

     नेताहरुले अहंकार,घमण्ड,चरम महत्वाकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टी लाई एकतावद्ध बनाउँदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन ओली, नेपाल,खनाल, गौतम र बोहोरालाई आग्रह गरे।  पार्टीलाई सामूहिक नेतृत्व, नीतिको मार्गदर्शन र विधिको व्यवस्था अनुरुप  संचालन गर्नुपर्नेमा उनको जोड छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]