स्थानीय निर्वाचन-२०७९

बाँकेको अस्पतालमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु

जेठ २४, २०७८

    बाँके : बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बाँकेको कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारत दुईजना संक्रमितको मृत्यु भएको हो।

    मृत्यु हुनेहरुमा शारदा नगरपालिका–१३ सल्यानका ५५ वर्षीय पुरुष, मुसिकोट नगरपालिका–७ रुकुम पश्चिमका ६३ वर्षीय पुरुष, बंगलाचुली गाउँपालिका–३ दाङका ५२ वर्षीय पुरुष र स्वर्गद्वारी–९ प्युठानका ६० वर्षीय पुरुष रहेको वलीले जानकारी दिए।

    योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१७ जना र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]