अर्थ : सेयर बजार

नेप्सेमा ०.२१ अंकले घट्यो, पौने १६ अर्बको कारोबार

जेठ २४, २०७८

    काठमाडौं : साताको दोस्रो दिन सोमबार सुरुवातमा उच्च अंकले बढेको सेयर बजार केही करेक्सनसहित बन्द भएको छ। २९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन देखिएको छ।

    बजार ०.२१ अंकले घटेर २९०६.७ मा बन्द भएको छ। सोमबार १५ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। वित्तीय क्षेत्रतर्फको विकास बैंक फाइनान्स, जीवन र निर्जीवन बीमा समूह भने बढेको छ। लघुवित्त मात्र ओर्लिएको छ।

    बैंकिङ समूह अन्तर्गत कारोबार भएका सबै वाणिज्य बैंकहरुको मूल्य घटेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ५२०.६३ को विन्दुमा झरेको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।

    यो दिन विकास बैंक समूह सर्वाधिक २६०.०६ अंकले उकालो लागेको छ। वित्त समूह १६२.९४ अंकले बढेको आज जलविद्युत समूहमा ९१.६५ अंक, निर्जीवन बीमा समूहमा ३१.६५ अंक, अन्य समूहमा ५.१ अंक, जीवन बीमा समूहमा १६.०४ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको बढोत्तरी भएको छ।

    यो दिन व्यापार समूह सर्वाधिक ९२.२७ अंकले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ४२.४९ अंकले घटेको आज बैंकिङ समूहमा ३१.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २१.२ अंक, लघुवित्त समूहमा २२.४३ अंक र लगानी समूहमा ०.१ अंकको गिरावट आएको छ। 

    धेरै कारोबार गर्ने कम्पनीहरु

    आज नेप्सेमा सूचीकृतमध्ये दुई सय २१ कम्पनीका ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर किनबेच भएका छन्। यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६२ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    निफ्राको ४६ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने नेसनल हाइड्रोको ४३ करोड ५६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ४३ करोड २४ लाख रुपैयाँ, कुमारी बैंकको ३४ करोड ४१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३३ करोड ३४ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३१ करोड ३५ लाख रुपैयाँ, एनसीसी बैंकको ३१ करोड १७ लाख रुपैयाँ, मेगा बैंकको ३० करोड ८१ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको २८ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

    धेरै कमाउने र धेरै गुमाउने

    आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा कामना सेवा विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, नेसनल हाइड्रोपावर, युनिभर्सल पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

    आज लक्ष्मी बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयर चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]