समाज

कोरोना महामारीले सतबाँझ-हाट सडकखण्डको काम अवरूद्ध

जेठ २५, २०७८

    बैतडी : सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ। कामदार नपाइएको र निर्माण सामग्री महँगो भएकाले सडक स्तरोन्नतिको काम काम रोकिएको हो।

    साढे ६ किलोमिटर कालोपत्रेका लागि काम भइरहेको सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए। यस्तै, सोही खण्डको श्रीभावरदेखि हाट सम्मको साढे ८ किलोमिटर कालोपत्रे गर्ने कार्यमा समेत रोकिएको छ। उनले भने, ‘कोरोनाका कारण कामदार पाउनै मुस्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन्।’

    चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले कालोपत्रेका लागि ठेक्का लिएको हो। गत साउनदेखि काम अघि बढाएको थियो। तर, गत वर्ष  पनि निषेधाज्ञाकै कारण ढिला गरी काम सुरु भएको थियो।

    सतबाँझदेखि साढे ६ किलोमिटर स्तरोन्नतिका लागि १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो। ३ वर्षभित्र काम सक्ने लक्ष्यसहित सम्झौता भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको छ।

    प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ– श्रीभावर– हाट सडकको स्तरोन्नति भएपछि नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्ट बताउँछन्। तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ट्रयाक खेलेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो। कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ। 

    कोरोना कहरले अन्य बहुबर्षीय योजनाहरुको काम समयमै सम्पन्न गर्न ढिलाई हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । उनले भने, ‘विकास निर्माणका योजनाहरुका लागि आवश्यक निर्माण सामग्री पाउन कठिनाई छ, मजदुर पनि पाउन मुस्किल भएको छ।’

    बैतडीमा चालु आर्थिक वर्षमा ५५ वटा सडक निर्माणका काम भइरहे पनि कोरोनाका कारण प्रभावित भएको छ। पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाण्डौं–गिरेगडा,गन्ना–गनैखान लगायतका ठूला योजनाहरु बढी प्रभावित भएका कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]