अर्थ

भूकम्पपीडितलाई ट्याक्सी दर्ता खुला गरेको विरोध

Photo : nepalibuzz.com
साउन ४, २०७३

    काठमाडौं : ट्याक्सी व्यवसायीहरुले सरकारले भूकम्प पीडितका लागि नयाँ ट्याक्सी दर्ता खुला गरेकोमा विरोध जनाएका छन्। उनीहरुले भूकम्पपीडितको नाममा सरकारले ब्रम्हलुट गर्ने गरी नयाँ ट्याक्सी दर्ताको आह्वान गर्ने गरेको आरोप लगाउँदै आन्दोलनको चेतावनी दिएको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष चेतप्रसाद गौतमले भूकम्पपीडितको नाममा सरकारले आर्थिक चलखेल गर्न बिना भन्सार सहुलियत १५ सय ट्याक्सी दर्ता गर्न लागेको भन्दै निर्णय सच्चाउन माग गरे। ‘वास्तविक भूकम्पीडितलाई विगतमा भएको सहमति बमोजिम भन्सार सहुलियतसहित ५ सय ट्याक्सी दर्ता गर्नुपर्छ, भूकम्प पीडितको नाममा हाल भैरहेको व्यवसायलाई विस्थापित गर्ने षड्यन्त्र भैरहेको छ, हामी यसको घोर विरोध गर्छौं’ उनले भने।

    संघले वास्तविक भूकम्पपीडितको पहिचान गरी भन्सार सहुलियत सहित सीप अनुसारको सवारी साधन सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, ट्याक्सी स्ट्याण्डको चाँडै व्यवस्था गर्नुपर्ने र विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गरेको छ।

    कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले संघले अघि सारेको मागहरु जायज भएको भन्दै ऐक्यवद्धता जनाएका थिए। संघको विरोधप्रति प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका मजदुर संघसंगठनहरुले समेत ऐक्यबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]