स्वास्थ्य

जिल्ला अस्पताल संखुवासभालाई साढे १५ लाखको स्वास्थ्य सामग्री सहयोग

जेठ २५, २०७८

    संखुवासभा : जिल्ला अस्पताल संखुवासभालाई गोर्खा वेलफेयर ट्रष्ट नेपालले करिब साढे १५ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

    कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गोर्खा वेलफेयर ट्रष्टले संखुवासभा अस्पताललाई १५ लाख ४२ हजार रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको जिल्ला समन्वय समितीका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

    कोभिड–१९ को दोस्रो लहरको महामारीले संखुवासभाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको गोर्खा वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्वुले बताए।

    कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि ५ थान अक्सिजन कन्सनथेटर, पल्स अक्सोमिटर ३० थान, पिपिई ३ सय पिस, सर्जिकल मास्क पिस, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग गरेको प्रमुख लिम्वुले जानकारी दिए।

    कोरोनाको महामारी र संटकमा ट्रष्टले उपलब्ध गराएको विभिन्न स्वास्थ्य सामग्रीले कोरोना संक्रमितको उपचार गर्ने जिल्ला अस्पताललाई सहज हुने जिल्ला अस्पताल निमित्त प्रमुख सुन्दरश्याम झाले बताए। ट्रष्टले प्रदान गरेका ५ थान अक्सिजन कन्सनथेटर सहितका सामग्री आइसोलेसन सेन्टरहरुमा प्रयोग गरिने उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]