समाज

मुख्यमन्त्री कार्यक्रम : तिनाउका किसानलाई पाडापाडी वितरण

विपन्न किसानलाई आयआर्जनमा टेवा

जेठ २७, २०७८

    पाल्पा : तिनाउ गाउँपालिकाका किसानलाई भैँसीको पाडापाडी वितरण गरिएको छ। मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत उनीहरूलाई पाडापाडी वितरण गरिएको हो।

    गाउँपालिकाका वडा नम्बर २ र ५ का किसानलाई पाडापाडीसहित बाख्रा र बंगुर वितरण गरिनेछ। मुख्यमन्त्री कार्यक्रमको करिब ४२ लाख बजेटबाट खरिद गरेर वितरण गरिएको छ।

    २ नम्बर वडाको मिलिजुली टोलविकास संस्थाका २० जना किसानलाई पाडा वितरण गरिएको छ। झ्याङ्ला र बगाहाका ३२ जना किसानलाई पाडी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए। उनका अनुसार वडा नम्बर ५ का किसानलाई पनि पाडापाडी वितरण गर्ने तयारी भइरहेको छ।

    ८० प्रतिशत अनुदानमा पाडा र पाडी वितरण गरिएको उनले बताए। पाडा र पाडीलाई सरदर १६ हजार रुपैयाँमा खरिद गरिएको छ। उनका अनुसार बोलपत्र आह्‍वान गरेर नवलपरासीबाट खरिद गरेर गाउँपालिकाले पाडापाडी ल्याएको हो।

    सुकेतालका किसानलाई बाख्रा वितरण

    यस्तै, हरियाली गाउँ, सुकेतालका किसानलाई बाख्रा वितरण गरिएको छ। खुर्साने, बडहरे, माराबासमा बंगुर वितरण गरिएको वडा नम्बर २ का वडाध्यक्षसमेत रहेका श्रेष्ठले बताए। वडा नम्बर ५ को मरामकोट पाताल, बिस्कुनडाँडा, भोक्तेछाप र कोलडाँडाका किसानलाई पनि पाडापाडी, बाख्रा र बंगुर वितरण गर्ने कार्यक्रम रहेको छ।

    बाख्रा र बंगुर भने पूर्णरुपमा अनुदानमा दिइनेछ। अति विपन्न किसानलाई आयआर्जनमा टेवा पुगोस् भनेर पशुपालनमा सहयोग गरिएको हो।

    यहाँका किसानले राँगा पालेर मनग्य आम्दानी गरेका छन्। उन्नत जातको बाल राँगाबाट सिजनअनुसार दैनीक २ हजार कमाउँदै आएका छन्। मासुका लागि राँगा बिक्री गर्दै आएका किसानले पनि राम्रो आम्दानी गरेको श्रेष्ठले बताए।

    यहाँका अधिकांश नागरिक पशुपालन गर्दै आएका छन्। परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए।

    यस गाउँपालिका प्राकृतिक वन जंगलले भरीपूर्ण छ। पशुपालनको लागि यहाँ प्रशस्त घाँस र चरिचरण गर्ने ठाउँ रहेका उनले बताए। यस गाउँपालिकालाई मासु, दूध र तरकारीमा आत्मनिर्भर बनाउने गरी गाउँपालिकाले कार्यक्रम संचालन गरिरहेको घर्तीमगरले बताए।

    यसअघि गाउँपालिकाले यहाँका विभिन्न वडाका किसानलाई घारसहित मौरी गोला वितरण गरेको थियो। किसानको मागअनुसार गाउँपालिकाले सहयोग गरेको घर्तीमगरले बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]