विश्व

डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका अमेरिकी राष्ट्रपतिका उम्मेदवार

Photo : time.com
साउन ५, २०७३

    काठमाडौं: अमेरिकाको भावी राष्ट्रपति पदका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार भएका छन्। 

    रिपब्लिकन पार्टीको महाधिवेशनले व्यापारी समेत रहेका ट्रम्पलाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवार भएको औपचारिक रूपमा घोषणा गरेको हो। यसअघि देशैभर भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले अन्य रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि प्रतिष्पर्धामा उत्रिएका सबैलाई पछि पारेका थिए। 

    तर, डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने आवाजहरू पार्टीभित्र र बाहिरबाट उठ्दै आएका थिए। उनले दिने गरेका अभिव्यक्तिका कारण पनि उनी विवादमा छन्। 

    उनले मुस्लिमलाई अमेरिकामा भित्रिन नदिने, मेक्सिकोको सीमामा पर्खाल लगाउने जस्ता विचार राखेपछि उनको विरोध हुँदै आएको छ। यस्तै, आईएसमा लागेका मानिसहरूको परिवारलाई समेत छाड्न नहुने उनको भनाई पनि विवादास्पद छ। ट्रम्पले राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेको अवस्थामा देशमा थप संकट निम्तिने भन्दै उनको विरोध भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन्।

    पार्टीले पनि ट्रम्पलाई नचाहाँदा नचाहाउँदै राष्ट्रपतिको उम्मेदवार बनाउन बाध्य भएको हो। डोनाल्ड ट्रम्पले आफ्ना प्रतिष्पर्धीलाई पछि पार्न सफल भएपछि पार्टी समस्यामा परेको हो। राष्ट्रपतिका लागि पार्टीको उम्मेदवार बन्नका लागि भएको निर्वाचनमा समेत पार्टीले ट्रम्पलाई पाखा लगाउन असफल भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]