अर्थ

उमेर हद सच्याएर वाणिज्य बैंकले फेरि माग्यो १ सय ९५ कर्मचारी, ३५ वर्षसम्मकाले आवेदन दिन पाउने

photo : www.sharesansar.com
साउन ५, २०७३

    काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले गएको वर्ष बिभिन्न पदमा आह्वान गरेको १ सय ९५ जना कर्मचारीका लागि फेरि दरखास्त आह्वान गरेको छ। यसअघि प्रकाशित गरेको सूचना उमेर हद विवादका कारण स्थगित भएपछि बैंकले उमेर हद सच्याएर फेरि आह्वान गरेको हो।

    अब बैंकका सबै पदमा आवेदन दिन लोक सेवा आयोगका परीक्षाहरुमा सरह ३५ वर्षसम्मका नेपाली नागरिकले पाउनेछन्। त्यस्तै ४० वर्षसम्मका महिलाहरुले आवेदन दिन सक्नेछन्। २०७२ साल जेठ २६ गते बैंकले सूचना प्रकाशित गरेपनि उमेर हदको विवादका कारण असार २७ गतदेखि दरखास्त संकलन रोकिएको थियो।

    बैंकले बुधबार सूचना प्रकाशित गरी ती सबै पदमा खुला तथा समावेशी सिद्धान्त अनुसार फेरि दरखास्त आह्वान गरेको छ। ती पदहरुमा यसअघि नै दरखास्त दिनेहरुको दरखास्त फारम यथावत नै राखिएको बैंकले जनाएको छ।

    बैंकले आठौं तहको सूचना प्रविधि प्रबन्धक १ जना सातौं तहको उपप्रबन्धक ५ जना माग गरेको छ। सूचना प्रविधि प्रबन्धकका लागि कम्प्युटर साइन्स, सूचा प्रविधि वा कम्युनिकेसन विषयमा स्नातकोत्तर पास गरेको र सम्बन्धित काममा ८ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। उपप्रबन्धक तहका लागि चार्टर्ड एकाउन्टेन्ट हुनुपर्नेछ।

    बैंकले छैठौं तहको सहायक प्रवन्धक ७५ जना माग गरेको छ। बैंकले काठमाडौंका लागि ३५, विराटनगरका लागि १२, पोखरा र नेपालगञ्जका लागि १०/१० र वीरगञ्जका लागि ८ जना माग गरेको छ। यी पदमा दरखास्त दिन व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर पास गरेको हुनुपर्नेछ।

    त्यस्तै बैंकले पाचौं तहको वरिष्ठ सहायक ३१ जना माग गरेको छ। क्षेत्रीय कार्यालय विराटनगर, नेपालगञ्ज र पोखराका लागि ८/८ जना माग गरिएको छ भने वीरगञ्जका लागि ७ जना माग गरिएको छ। त्यस्तै पाँचौ तहकै कम्युटर अपरेटर १० जना माग गरिएको छ। यी पदमा दरखास्त दिन १८ देखि ३५ वर्षसम्मको हुनुपर्नेछ भने शैक्षिक योग्यता व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक गरेको हुनुपर्नेछ। कम्प्युटर अपरेटरका लागि कम्प्युटर साइन्स वा सूचना प्रविधिमा स्नातक गरेको हुनुपर्नेछ।

    बैंकले तेश्रो तहको कनिष्ठ सहायकमा ७३ जना माग गरेको छ। विराटनगर,  पोखरा र नेपालगञ्जका लागि १७/१७ जना माग गरिएको छ भने वीरगञ्जका लागि १२ तथा काठमाडौंका लागि १० जना माग गरिएको छ। यी पदमा दरखास्त दिन प्लस टु उतीर्ण हुनुपर्नेछ।

    यी सबै तह र पदमा दरखास्त बुझाउने अन्तिम मिति २०७३ भदौ ३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म बुझाउन सकिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]