खेलकुद

खुट्टा भाँच्चिएका बा ले फुटबलबाट तत्काल सन्यास नलिने

Photo: skysports.com
साउन ५, २०७३

    इङ्ग्लिस क्लब चेल्सीका पूर्व स्ट्राइकर फ्रान्सेली खेलाडी डेम्बा बा ले तत्काल सन्यास नलिने बताएका छन्। चिनियाँ क्लब संघाई शेन्हुआबाट खेल्दै आएका बा चिनियाँ सुपर लिग म्याचका क्रममा घाइते भएपछि उनले खेलबाट सन्यास लिन सक्ने अनुमान गरिएको थियो। 

    घटनापछि टिम प्रशिक्षक जर्जियो मान्जानोले चोट निकै गम्भीर रहेको र त्यसैका कारण उनको व्यवसायिक खेल जीवन समाप्त हुन सक्ने बताएका थिए। तर, बा ले भने आफ्नो खुट्टामा लागेको चोट निकै खराब भएपनि आफू फेरी फर्किन सक्ने दावी गरेका हुन्। 

    चिनियाँ लिगको सिजन नोभेम्बरमा सकिने र नयाँ सिजन मार्चमा सुरु हुने भन्दै उनले नयाँ सिजनमा फर्किनका लागि सक्दो प्रयास गर्ने बताए। चेल्सी, न्यूक्यासल र वेष्ट ह्यामबाट खेलिसकेका बा गएको वर्ष जुलाईमा चिनियाँ क्लब शेन्हुवा प्रवेश गरेका थिए। 

    चालु चिनियाँ सुपर लिगमा उनले १८ खेलबाट १४ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्। गएको आईतबार संघाई इन्टरनेशनल पोर्ट ग्रुप फुटबल क्लब विरुद्धको खेलका क्रममा विपक्षी खेलाडी सुन जियाङ्गसँग ठोकिएर लड्दा उनको खुट्टा भाँचिएको थियो। खेलकै क्रममा घटना भएपछि चिनियाँ खेलाडी सुनले बा सँग माफी मागेका सिन्हुवाले जनाएको छ।

    यसरी भाचिएको थियो उनको खुट्टा:

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]