राजनीति

केयूमा हस्तक्षेपको विषयमा अख्तियार प्रमुख कार्कीलाई संसदीय समितिले बोलायो

साउन ७, २०७३

    काठमाडौं : संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीसहित सबै पदाधिकारीलाई छलफलका लागि बोलाएको छ।  

    काठमाडौं विश्वविद्यालय (केयू) द्वारा सञ्चालित चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रमको प्रवेश परीक्षामा हस्तक्षेप गरेको आरोपको विषयमा जानकारी लिन अख्तियारका प्रमुख आयुक्तसहित सबै पदाधिकारीलाई समितिले बोलाएको हो।

    समितिको शुक्रवार बसेको बैठकले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेपछि अख्तियारका पदाधिकारीलाई छलफलका लागि बोलाएको हो।   

    चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले केयूमा चिकित्सा शास्त्रतर्फको स्नातकोत्तर प्रवेश परीक्षामा हस्तक्षेप गरेको आरोप लगाउँदै अख्तियारका प्रमुख आयुक्त कार्कीमाथि महाभियोग माग अघि सारेका छन्। 

    सांसद मोहनसिंह राठौर सभापति रहेको समितिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, उपेन्द्र यादव, महेश आचार्य, शशांक कोइराला, बहादुरसिंह लामा, अर्जुननरसिंह केसी लगायत सदस्य छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]