काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
काठमाडौं : प्रमुख दलहरु संसदमा बजेट सम्बन्धी आश्रित विधेयकलाई नै अगाडि बढाउन सहमत भएका छन्। शुक्रबार संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्र पनि संसदको कार्यसूचिमा बजेट सम्बन्धी विधेयक नै राख्न सहमत भएका हुन्।
कार्यसूचि विवाद मिलेपछि शुक्रबार संसद बैठक सञ्चालन हुने भएको छ। तर कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट विधेयकको विपक्षमा मतदान गर्ने तयारी गरेका छन्।
शीर्ष दलको बैठकमा अविश्वासको प्रस्तावअघि बजेट आश्रित विधेयक छलफल गर्ने सहमति बनेपछि माओवादी केन्द्र र कांग्रेसले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
‘एमालेले बजेटसँग सम्बन्धित विधेयकमाथी अविश्वसको प्रस्तावअघि छलफल गर्नुपर्ने अडान नछाडेपछि माओवादी र कांग्रेसले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’ प्रवक्ता भुसालले थाहा खबरसँग भनिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।