राजनीति

नेम्वाङको प्रश्न- नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याइएको हो?

फाइल फोटोः दीपक केसी/थाहाखबर
साउन ७, २०७३

    काठमाडौं : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्को संसदीय निर्वाचन नहुँदासम्म दलहरु सरकार परिवर्तनमा होइन संविधानको कार्यान्वयनमा लाग्ने परिकल्पना विपरीत अविश्वासको प्रस्ताव आएको बताएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले भने- 'संविधानले नसोचेर होइन, जानेर नै नयाँ प्रधानमन्त्रीका बारेमा व्यवस्था नगरेको तथ्य निर्विवाद रहेको छ। संविधानले सरकार फेरबदलमा होइन, संविधान कार्यान्वयनमा एकजुट हुनका लागि त्यस्तो व्यवस्था गरेको हो।' 

    अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण र बेठीक भएको भन्दै उनले प्रधानमन्त्री ओलीले नाकाबन्दीको अवस्था हटाउनेलगायत मुलुकलाई समृद्धि गराउने काम गरेको तर्क राखे। के नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याइएको हो ? भनी प्रश्न गर्दै उनले सरकारका कमीकमजोरी नहोस् र सरकार ठीक दिशामा सञ्चालन होस् भन्नका लागि उच्चस्तरीस्य राजनीतिक संयन्त्रका संयोजक र अविश्वासको प्रस्तावको पहिलो हस्ताक्षरकर्ता पनि पुष्पकमल दाहाल प्रचण्ड नै हुनु युक्तिसङ्गत नभएको बताए।

    शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने दायित्व सरकारमा सहभागी माओवादी केन्द्रको पनि भएको जनाउँदै उनले संविधान बन्यो र ओलीको नेतृत्वमा सरकार बन्यो भनेर खुसी मान्ने जनता अहिले दुःखित भएको टिप्पणी गरे।

    संविधान स्वीकार्य छैन भन्ने मधेसी मोर्चाका सांसद् आजको बैठकमा सहभागी भएकामा प्रशन्नता व्यक्त गर्दै उनले अविश्वासको प्रस्तावको हस्ताक्षरको लहरमा मोर्चाका सांसद्को नाम हुनुले संविधानलाई उनीहरुले स्वीकार गरेकाले आफू खुसीले गद्गद् भएको उल्लेख गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]