मनोरञ्जन

१० फोटोमा हेर्नुस् ५ कलाकारको अर्धनग्न कला

सडकमा भिजुअल आर्ट

साउन ८, २०७३

    काठमाडौं : माइतिघर मण्डलमा शनिबार करिब साढे ११ बजे ५ जना युवा कट्टुमा मात्र देखिए। कपाल खैरिएका उनीहरुले आँखा बन्द गरेका थिए। उनीहरुको शरीरभरी कालो मसीले लेखिएको थियो।

    ती युवा नाङ्गा खुट्टाले माइतिघर-बानेश्वर सडकनाप्दै थिए। सडकमा फुटेका सिसाका टुक्रा, ढुंगाका ससाना गिर्खा र तातो सडकले उनीहरुका पैतला रोकिएनन्। आँखा र मुख बन्द गरेर सहयोगीका हात समातेर अघि बढ्दै थिए उनीहरु।

    नयाँ बानेश्वरको एभरेस्ट होटेल अगाडि पुगेपछि उनीहरुले प्रहरीको काँडेतार नजिकै रोकिएको जुलुसको अग्रभागमा विभिन्न अभिनय गरेर कला प्रस्तुत गरेका थिए।

    ती पाँच युवा थिए, त्रिभुवन विश्वविद्यालयका ललितकला क्याम्पसका विद्यार्थी। अर्ट्री नेपालका भिजुअल आर्टिस्ट हितमान गुरुङ, मेख लिम्बु, सुवाष तामाङ, लभकान्त चौधरी र विकास श्रेष्ठ डा. गोविन्द केसीको जीवन रक्षाका लागिभएको र्‍यालीका आकर्षण थिए।

    ती युवाले गोविन्द केसीका सबै माग शरीरमा लेखेका थिए।उनीहरुको शरीरमा लेखिएका मागका भावले भन्थ्यो- 'हामी ज्यान दिन तयार छौं, डा. केसीका लागि।'

    उनीहरुका हाउभाउपनि ‘पागल’ कै जस्तो थियो। र्‍यालीमा सहभागीले आफ्नो निधारमा 'पागल' लेखेको फेटा बाँधेका थिए, जस्तो ति युवाहरुले व्यवहारमै देखाएका थिए।

    स्वास्थ्य शिक्षा क्षेत्रको बेथिति अन्त्यको माग राखेर १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा ती युवा कलात्मक रुपमा प्रस्तुत भएका थिए।

    मौन रहेरै उनीहरुले चाहेको सन्देश कलात्मक रुपमा प्रवाह गरेको देखिन्थ्यो।

     

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]