राजनीति

प्रचण्डलाई राष्ट्रपतिको प्रश्नः संसदमा किन म प्रति पूर्वाग्रह राखेर टिप्पणी गरियो?

फोटो : reuters
साउन ९, २०७३

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सांसदहरुले आफ्नाबारेमा अनावश्यक टिकाटिप्पणी गरेकोमा दुख व्यक्त गरेकी छन्। आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले संसदमा राष्ट्रपतिले चाल्न सक्ने कदमका बारेमा अनावश्यक टिकाटिप्पणी भएकोमा दुख व्यक्त गरेकी हुन्।

    'हिजो संसदमा अविश्वास प्रस्तावमा छलफल हुँदा राष्ट्रपतिले के गर्न सक्ने के गर्न नसक्ने अनावश्यक टिकाटिप्पणी भयो', राष्ट्रपतिले प्रचण्डलाई गरेको प्रश्न उद्‍धृत गर्दै राष्ट्रपति निकट स्रोतले भन्यो, 'म प्रति किन पूर्वाग्रह राख्नुभयो?'

    जवाफमा प्रचण्डले संसदमा राष्ट्रपतिका बारेमा बोल्न कुनै पनि खालको निर्देशन नदिइएको बताएका थिए। स्रोतका अनुसार राष्ट्रपतिले संसदले गर्ने निर्णय आफूले स्वीकार्ने बताएकी थिइन्। 'राष्ट्रपतिले हाउसले जे निर्णय गर्छ त्यो मलाई स्वीकार हुन्छ भन्नुभयो।'

    नयाँ सरकार गठनको विषयमा दलहरुबीच विवाद चुलिँदै गएका बेला राष्ट्रपतिले आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्। राष्ट्रपति भण्डारीले सरकार गठनका सवालमा कुनै विवादित कदम नचाल्ने प्रष्ट्र पारेकी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]