राजनीति

आन्तरिक एकता सुदृढ गरेर राष्ट्रियता समृद्ध गर्न सकिन्छ : प्रचण्ड

साउन ९, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दल, आदिवासी जनजाति र थारू समुदायको माग सम्बोधन गर्दै आफू नयाँ आधारमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। 

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक एकता सुदृढ गरेर मुलुकको राष्ट्रियतालाई समृद्ध गर्न सकिनेमा जोड दिए। 

    उनले कोही कसैलाई चिढ्याएर र उनीहरुको मानमर्दन गरेर मुलुक कहीँ पनि पुग्न नसक्ने स्पष्ट पारेका छन्। नेपालको संविधानको प्रभावकारी कार्यान्वयन नै आजको प्रमुख कार्यभार हो भन्दै नेता दाहालले भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै राष्ट्रिय समस्या समाधान गर्न नयाँ बन्ने सरकार लागिपर्ने उल्लेख गरे। 

    स्मृति सभामा नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेललगायतले नेकपा स्थापनादेखि कम्युनिस्ट आन्दोलनका क्रममा कर्माचार्यले खेलेको भूमिका उल्लेखनीय रहेको बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]