राजनीति

माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि मात्र : नेपाल

जेठ २१, २०७३

    पोखरा- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताउनुभएको छ । 
    प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा (एमाले) तयार रहेको बताउनुभयो । 

    सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । 
    सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै उहाँले यसले नेपाली जनतामा आशा जगाएको बताउनुभयो । कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 
    सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उहाँको तर्क छ । राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उहाँको भनाइ छ । 
    सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उहाँले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 
    राजनीतिक क्रान्तिको अगुवाइ गरेको नेकपा (एमाले)ले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उहाँले योग्यता क्षमताको मूल्याङ्कन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 
    प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल, सचिव अर्जुन गिरीलगायतले बोल्नुभएको थियो । 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]