राजनीति

नेविसंघ महाधिवेसन गर्न निर्देशक समिति गठन

साउन १०, २०७३

    काठमाडौ : नेपाली कांग्रेसले निर्देशन समिति गठन गरेसँगै उसको भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेसन पूर्वनिर्धारित समयमै हुने भएको छ।  

    पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न र विद्यमान तदर्थ समितिलाई सहयोग गर्न भन्दै पार्टी केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय निर्देशन समिति गठन गरेपछि नेविसंघ महाधिवेन आठ वर्षपछि हुन लागेको हो। 

    निर्देशक समितिमा पार्टी केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्षहरु गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर सदस्य छन्। समितिलाई नेविसंघको तदर्थ समितिले तोकेको महाधिवेसन गर्न सल्लाह, सुझाव र सहयोग गर्ने अधिकार भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। 

    हालका अध्यक्ष रञ्जित कर्णलाई ६ महिनाभित्र महाधिवेसन गर्न संघको जिम्मेवारी पार्टीले तोकेपनि उनले चार बर्षसम्म पनि महाधिवेसन गर्न सकेका छैनन्। नेविसंघको बिधानअनुसार प्रत्येक दुई/दुई बर्षमा नेविसंघको महाधिवेसन हुनुपर्नेछ। २०६४ साल बैशाख पहिलो साता चितवनमा भएको नेविसंघको १० औं महाधिवेसनदेखि हालसम्म १० औं पटकसम्म पनि ११ औं महाधिवेसनको मिति तोकिएपनि स्थगित हुँदै आएको छ। निर्धारित समयमा महाधिवेसन भएको भए हाल नेविंघका तीन जना अध्यक्षले नेतृत्व सम्हालिसक्ने थिए। 

    महाधिवेसन निर्धारित समयमै हुन्छ : घिमिरे

    पार्टीद्वारा गठित केन्द्रीय निर्देशन समितिका सदस्य समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले अब निर्धारित समय भित्रै नेविसंघको महाधिवेसन हुने वताएका छन्। ‘निर्धारित समयमै महाधिवेसन गर्न हामीलाई संशोधित बिधान पार्टीबाट प्राप्त गर्न र महाधिवेसन प्रतिनिधिहरुको नामावली प्राप्त गर्ने चुनौती छ’ घिमिरेले थाहाखबरसँग भने ‘सबै चुनौतीको सामना गरेर भएपनि हामी निर्धारित समयभित्रै महाधिवेसन गराई छाड्छौं।’

लिलाराज खनाल

खनाल २०७३ भदौदेखि २०७४ सालभर थाहा खबरमा आबद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]