काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : लामो समयदेखी अड्किएको न्यायाधीशको सुनुवाई बुधबार हुने भएको छ।
११ न्यायाधीशको सुनुवाईको काम बाँकी रहेकोमा बुधबार ६ न्यायाधीशको सुनुवाई हुने समितिका सदस्य आनन्द प्रसाद ढुङ्गानाले जानकारी दिए। सुनुवाई ८ बजेदेखी सुरू हुने जानकारी समिति सदस्य ढुंगानाले दिएका छन्।
गत हप्ताको आइतबारबाट सुनुवाई हुने भनिएपनि सुनुवाई हुन सकेको थिएन। सुनुवाई समितिका संयोजक कुलबहादुर गुरूङले आफू अस्वस्थ भएको भन्दै सुनुवाईको क्रम रोकेका थिए। यसअघि सुनुवाई समितिले प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको सुनुवाई गरेको थियो।
न्यायपरिषद्ले विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता त्रय अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल प्रधानलाई नियुक्तिका लागि सिफारिस गरी पठाएको थियो। बुधबार उनीहरूमध्ये ६ न्यायाधीशको सुनुवाई हुँदैछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।