काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबा...
काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालका केही कम्युनिस्ट भन्ने नेताहरुले व्यक्तिगत रुपमा अकूत सम्पत्ति कमाइरहेको दाबी गरेका छन्। काठमाडौंको जोरपाटीमा नयाँ शक्ति नेपालको स्थानीय कमिटीले सोमबार गरेको अन्तरक्रियामा डा. भट्टराईले कम्युनिस्टको नाममा केही नेताहरुले अकूत सम्पत्ति कमाइरहेको आरोप लगाए। यद्यपि उनले कुनै नेताको नाम भने लिएनन्।
‘आफूलाई कम्युनिस्ट र त्यसको नेता भन्ने तर सबैभन्दा बढी सम्पत्ति जोड्ने काम गरिरहेका छन्,’ भट्टराईले भने, ‘न ती साँचो अर्थमा कम्युनिष्ट हुन्, न उनीहरुले देश र जनतालाई समृद्ध बनाउन सक्छन्, तिनले त आफूलाई मात्रै समृद्ध बनाइरहेका छन्।’
सोमबार बिहान नयाँ शक्ति नेपालको गोकर्णश्वर, कागेश्वरी मनहरा एवम् शंखरापुर नगर परिषदले संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियामा भट्टराईले प्रधानमन्त्रीले स्याटेलाइटबाट बिजुली बेच्छु भन्न पनि बेर नलाउने बताए।
‘हाम्रो प्रधानमन्त्री १४ वर्ष जेल बस्नुभयो, राजनीतिमा उहाँको लगानीको लागि व्यक्तिगतरुपमा म वहाँलाई सम्मान गर्दछु,’ उनले भने, ‘तर विकास र समृद्धिको नेतृत्व उहाँले गर्न सक्नुहुँदैन, भावनाले विकास र समृद्धि हुँदैन, यसको लागि स्पष्ट योजना र प्राथमिकता किटान गर्ने क्षमता हुनुपर्छ।’
भट्टराईले समयले मानिसलाई फेरेको कुरा नजान्दा मान्छे पछाडि पर्ने धारणा राखे। ‘जानी नजानी वा चाहेर नचाहेर पनि हामी नयाँ बनिराखेका हुन्छौं,’ उनले भने, ‘समयले हामीलाई नयाँ बनाइरहेको हुन्छ, त्यसलाई बुझ्न सकिएन भने हामी धेरै पछाडि परिरहेका हुन्छौं।’
उनले नयाँ शक्तिले अगाडि सारेको पाँच ‘स’ले युगान्तकारी महत्व बोकेको भन्दै यसलाई जनताले बुझ्दै गएपछि समृद्धिको अभियान सहज हुँदै जाने धारणा राखे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।