समाज : सुरक्षा/अपराध

वीरगञ्जका औषधी उद्योगी पक्राउ

साउन १३, २०७३
    • सुनील गाउँले

वीरगञ्ज : वीरगञ्जका एक औषधी उद्योगीलाई प्रहरीको लागु औषध अनुसन्धान व्यूरोले बुधबार उद्योगबाटै पक्राउ गरेको छ। 

बाराको गढिमाई नगरपालिका-१० जीतपुरस्थित आर्या फार्मास्यूटिकल्सका सञ्चालक शंकर हलनका छोरा मोहित हलनलाई नेपाल प्रहरीको लागुऔषध अनुसन्धान व्यूरोको केन्द्रीय टोलीले बुधबार दिउँसो उद्योग परिसरबाट पक्राउ गरेको हो। 

व्यूरोका डिएसपीको नेतृत्वमा आएको टोलीले विशेष सूचनाका आधारमा उद्योगी हलनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बारा प्रहरी स्रोतका अनुसार वीरगञ्जबाट उद्योगी हलनलाई पक्राउ गर्नका लागि आएको टोलीले उद्योगी हलनलाई पछयाउँदै जितपुरस्थित उद्योग भित्रैबाट पक्राउ गरेको हो। 

प्रहरी स्रोतका अनुसार उद्योगी हलनले अवैध लागू औषधमा प्रयोग हुने केमिकलको कारोबार गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। उद्योगी हलनको पक्राउको कारणबारे प्रहरीले आधिकारीक रुपमा केही नबताएपनि नेपाल प्रहरीको केन्द्रिय लागु औषध अनुसन्धान व्यूरोले उद्योगी हलनलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले पुष्टि गरेका छन्। 

फोटो : सञ्चालक पक्राउपछि बुधबार अपरान्ह बन्द आर्या फार्मास्युटिकल्स

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]