अर्थ

२० दरबन्दीमा १४ रिक्त, कृषि विज्ञ नहुँदा अनुसन्धान प्रभावित

साउन १५, २०७३

    वीरगञ्ज : धान, गहुँ, मुसुरो र तोरीको विउ उत्पादन र अनुसन्धान गर्दै आएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा विज्ञ नहुँदा अनुसन्धान प्रभावित भएको छ।

    बाराको परवानीपुरमा रहेको अनुसन्धान केन्द्रमा माटो विज्ञ, किट विज्ञ, बाह्य अनुसन्धान विज्ञ लगायत विशेषज्ञको दरवन्दी बर्षौदेखि रिक्त छ।  

    माटो र किरा सम्बन्धी समस्याको निराकरण हुन नसक्दा अनुसन्धान प्रभावित हुनुका साथै किसानका समस्या समाधान गर्न नसकिएको केन्द्रका प्रमूख तुफैल अख्तरले बताए।

    ५२ हेक्टर क्षेत्रफलमा फैलिएको अनुसन्धान केन्द्रमा कृषिका बिभिन्न विषयमा अध्ययन अनुसन्धानको काम भइरहेपनि विज्ञको अभावमा कामचलाउ मात्र सावित भएको छ। विज्ञ अभावबारे माथिल्लो निकायमा पटक पटक जानकारी गराएपनि सुनुवाई नभएको कार्यालय प्रमुख अख्तरले गुनासो गरे।

    दरबन्दीको आधा मात्र कर्मचारी

    मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत तराईका जिल्लामा कृषि सम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले २००४ सालमा स्थापित यस कार्यालयमा दरबन्दीको आधा मात्र कर्मचारी छन्। २० जना विज्ञको दरबन्दी रहेकोमा ७ मात्र कार्यरत छन्। केन्द्रमा पोल्ट्री र वागवानीका १/१ जना र वाली विज्ञ ५ जना गरी ७ विज्ञ छन्। माटो, किट र वाह्य अनुसन्धान जस्ता कृषिका महत्वपूर्ण क्षेत्रमा विज्ञको अभाव हुँदा कार्यालयका मूख्य काम ओझेलमा परेको कार्यालयका प्रमुख अख्तरले जानकारी दिए।

    २० विज्ञ सहित ७४ जना कर्मचारीको दरवन्दी स्वीकृत भएपनि अहिले कार्यालयमा ४१ जना मात्र कार्यरत छन्। कार्यालय प्रमुख अख्तरले कार्यालयको उद्देश्यलाई प्रभावकारी बनाउन कर्मचारीको संख्या पर्याप्त नरहेको बताए। 'माथिबाट नयाँ सरकार बनेपछि कर्मचारी पठाउने भनिएको छ’ उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]