समाज

पत्नी हत्याको आरोपमा युवक पक्राउ

साउन १५, २०७३

    वीरगञ्ज : आफ्नै पत्नी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पर्साको भेडिहारी ९ गदियानीका परमा महतोलाई प्रहरीले शुक्रबार साँझ भारतको विहार स्थित सेनवरियाबाट पक्राउ गरेको हो। 

    पक्राउ परेका महतोकी २२ वर्षिया पत्नी रमावती देवीको शव प्रहरीले उनको घर नजिकै रहेको धानखेतमा फेला पारेको छ। स्थानीय नागेश्वर तेलीको धान खेतमा गाडिएको अवस्थामा शव भेटिएको डिएसपी होविन्द्र वोगटीले जानकारी दिए। 

    स्थानीयबासीबाट घटनाका सम्बन्धमा सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले महतोकी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि शव फेला परेको प्रहरी नायव उपरिक्षक वोगटीले बताए।  

    घटना लगत्तै महतोका वुवा भैयाराम महतो पनि फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका महतोलाई उनकी आमाको सूचनाका आधारमा भारत विहारको सेनवरियाबाट भारतिय प्रहरीको सहयोगमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुले रमावतीको अचानक मृत्यु भएको र आफूहरु डराएर शव गाडेको वयान प्रहरीमा दिएका छन्। 

    मृतक रमावतीका माइतीपक्षले पतिबाटै हत्या भएको किटानी जाहेरी प्रहरीमा दर्ता गराएका छन्। यसअघि पनी पटक पटक महतोले पत्नीलाई मदिरा सेवन गरी यातना दिने गरेको उनीहरुले बताएका छन्। मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक वोगटीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]