राजनीति

बहुमतीय प्रक्रिया आजबाट, प्रधानमन्त्री निर्वाचनको मिति तय गरिने

साउन १७, २०७३

    काठमाडौं : राष्ट्रपतिले दिएको सात दिनको समयभित्र सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि सोमबारदेखि बहुमतीय प्रक्रिया सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले गएको साउन १० गते सहमतिको सरकार गठनका लागि दिएको ७ दिनको समय आइतबार सकिएपछि सोमबारदेखि बहुमतीय प्रक्रिया सुरु हुन लागेको हो। 

    संविधानको धारा २ सय ९८ बमोजिम नै राष्ट्रपतिले सोमबार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गरेकी छन्। राष्ट्रपतिले बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि पठाएको पत्र सोमबार बस्ने संसद बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकलेले जानकारी दिए। 

    संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएकाले त्यसअघि नै राष्ट्रपतिले आव्हान गरी संसदलाई पत्र पठाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले यसबारे सदनलाई जानकारी गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछिन्।

    राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायत निर्वाचन तालिका निर्धारण गर्नेछ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिसकेका छन्। 

    सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरिसकेको नेकपा एमालेले पनि प्रचण्डलाई निर्विरोध प्रधानमन्त्री हुन नदिने तयारी गरेको छ। उसले पार्टी उपाध्यक्ष वामदेव गौतम वा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न सक्ने बताइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]