समाज

बाढीपहिरोबाट दुई सातामा १०२ जनाको मृत्यु

विरिङ खोलाले तीव्र कटान गरेपछि झापाको शनिअर्जुन नगरपालिका–३ वागेडाँगीका स्थानीयवासी कटान रोक्न बाँध बान्दै। फोटोः सुरेन्द्र भण्डारी/रासस
साउन १७, २०७३

    काठमाडौं : अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण दुई सातामा १ सय २ जनाको ज्यान गएको छ। व्यवस्थापिका संसद्को सोमबारको बैठकमा गृहमन्त्री भीम रावलले बाढी पहिरोका कारण साउन १ गतेयता ४३ जिल्लामा १ सय २ जनाको मृत्यु भएको जानकारी दिए।

    गृहमन्त्री रावलका अनुसार बाढीपहिरोमा २२ जना बेपत्ता भएको र ५८ जना घाइते भएको जानकारी गराए। उनका अनुसार प्युठानमा ३१, गुल्मीमा ७, बाग्लुङमा ६,  पाल्पा र रोल्पामा ४/४, मकवानपुरमा ३ तथा दाङमा २ जनाको मृत्यु भएको छ।

    बाढी पहिरोका कारण घरमा क्षति पुग्दा सयौं परिवार विस्थापित भएका छन्। प्युठानमा १ सय ७ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने २ सय ५७ परिवार विस्थापित भएका छन्। गुल्मीमा ३५ घरमा क्षति पुगेको छ भने १ सय २० घर पहिरोको जोखिममा छन्।

    गृहमन्त्री रावलले बाग्लुङमा १ सय ८ घरमा पूर्ण क्षति पुगेको तथा रोल्पामा १ सय २० घरपरिवार विस्थापित भएको जानकारी दिंदै बाढी पहिरो प्रभावितहरुको राहत र उद्दारका लागि स्थानीय प्रशासनलाई बजेटसहित आवश्यक निर्देशन दिएको बताए।

    अविरल वर्षाका कारण आएको बाढीले कपिलवस्तुमा ५ वटा नगरपालिका र १५ वटा गाविस डुबानमा पर्दा ३ हजार २ सय परिवार प्रभावित भएका छन्। गृहमन्त्री रावलले डुबानका कारण झापामा ४ सय ७४ तथा सुनसरीमा ५ सय ३१ घर परिवार प्रभावित भएको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]