खेलकुद

नेदरल्यान्डविरुद्व खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

File Photo
साउन १९, २०७३

    काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। 

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो। 

    टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सागर पुन छन्। त्यस्तै, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमलासमेत टोलीमा अटाएका छन्। 

    नेपालले यही साउन २९ र ३१ गते उसकै घरेलु मैदानमा नेदरल्याण्ड्स २ खेल खेल्नेछ। नेपाल क्रिकेट सङ्घ निलम्बन परेको अवस्थामा आइसीसीले प्रतिनिधि पठाएर राष्ट्रिय टोलीको छनोट गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]