राजनीति

ढिकुरपोखरीदेखि बालुवाटारसम्म : हेर्नुस् प्रचण्डको बायोडाटा

साउन १९, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री चुनिएका छन्।

    बुधबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा खसेको ५ सय ७३ मतमा ३ सय ६३ मत ल्याई उनी बहुमतबाट प्रधानमन्त्री निर्वाचित भएका हुन्। 

    नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बारेमा थाहा पाउनुस्


    संक्षिप्त जीवनी

    नाम  :    पुष्पकमल दाहाल ‘प्रचण्ड’
    बुबाको नाम    :    मुक्तिराम दाहाल
    आमाको नाम  :    भवानी दाहाल
    जन्म स्थान    :    ढिकुरपोखरी गाविस, वडा नं. २ लेवाडे, कास्की     
    जन्म मिति    :    वि.सं. २०११ मङ्सिर २६, इ.सं. : डिसेम्बर ११, १९४५
    दाजुभाई/दिदीबहिनी    :    १ भाइ, ६ दिदीबहिनी
    वैवाहिक अवस्था    :   विवाह सता दाहालसँग, वैशाख २०२६

    परिवार –

    श्रीमती   :     सिता दाहाल
    छोरो     :   प्रकाश दाहाल
    छोरीहरू  :     ज्ञानु दाहाल, रेणु दाहाल र गंगा दाहाल
    बसाईसराई    :    वि.सं. २०१९ मा शिवनगर गाविस, चितवन बसाई सराई 

    शैक्षिक योग्यता –

    साक्षर    :    ढिकुरपोखरी, कास्की
    माध्यमिक तह    :    नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, चितवन
    आई.एस.सी.     :   २०२७–२०२९ पाटन बहुमुखी क्याम्पस, ललितपुर
    बी.एसी.एजी.    :    २०३१–२०३३ कृषी क्याम्पस, रामपुर, चितवन
    एम.पी.ए. (अधुरो)    :    त्रिभुवन विश्वविद्यालय, काठमाडौं

    सेवाः 

    शिक्षक    :    वि.सं. २०३० सालमा नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय, शिवनगर
                      वि.सं. २०३० सालमा जना माध्यमिक विद्यालय, त्रिभुवनटार, नवलपरासी 
                      वि.सं. २०३३–२०३५ साल सम्म भिमोदय माध्यमिक विद्यालय, आरुघाट, गोरखा

    संक्षिप्त राजनीतिक पृष्ठभूमि :

    वि.सं.  २०२८ सालमा पुष्पलाल समुहबाट पार्टी सदस्यता प्राप्त
    वि.सं. २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश
    वि.सं. २०३५  सालमा पूर्णकालीन कार्याकर्ता
    वि.सं. २०३६ सालमा चितवन जिल्ला समिति सदस्य
    वि.सं. २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य 
    वि.सं. २०३८ सालमा अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव
    वि.सं. २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य
    वि.सं. २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य
    वि.सं. २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित
    वि.सं. २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्रीमा निर्वाचित
    वि.सं. २०५१ सालमा नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित
    वि.सं. २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को अध्यक्षमा निर्वाचित
    वि.सं. २०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
    वि.सं. २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलनबाट सार्वजनिक
    वि.सं. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट संविधान सभा सदस्य निर्वाचित
    वि.सं. २०६५ श्रावण ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित
    वि.सं. २०६६ सालमा प्रतिपक्ष दलको नेता
    वि.सं. २०६९ बृहत लुम्बिनी विकास निर्देशक समिति, अध्यक्ष
    वि.सं. २०६९ एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को 

    अध्यक्षमा निर्वाचित

    वि.सं. २०७० प्रतिपक्ष दलको नेता, एकीकृत नेकपा (माओवादी)
    वि.सं. २०७१ विराटनगर राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवदी), अध्यक्षमा निर्वाचित
    वि.सं. २०७२ उच्चस्तरीय राजनीतिक समन्वय समित, संयोजक
    वि.सं. २०७३ साल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), अध्यक्षमा निर्वाचित

    प्रकाशित रचनाहरू : 

    नेपाली क्रान्तिका समस्याहरू (भाग १, २ र ३)
    प्रचण्डका संकलित रचनाहरू (भाग १ र २)
    प्रचण्डका संकलित सैन्य रचनाहरू

    श्रोत: प्रधानमन्त्री प्रचण्डको सचिवालय

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]