काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौ : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी भारतका प्रधानमन्त्री मोदीले भारतको पूर्ण साथ र सहयोग रहेको बताएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले थाहाखबरलाई बताए।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको र प्रचण्डले मोदीलाई धन्यवाद दिएको जानकारी दिए।
त्यसैगरी चिनियाँ राजदूत वु चुन्ताई प्रधानमन्त्री प्रचण्ड निवास लाजिम्पाट पुगी बधाई दिएका छन्। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार राजदूतले चुन्ताईले प्रचण्डलाई पूर्ण कार्यकाल सफलताको शुभकामना दिएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले ट्विटमार्फत प्रचण्डलाई भारतको पूर्ण साथ र सहयोग रहने बचन दिएको जनाएका छन्। मोदीले भारत भ्रमणको निम्तो दिएको लेखेका छन्।
Spoke to Nepal's PM-elect Pushpa Kamal Dahal 'Prachanda' ji & congratulated him. Assured him of our full support & invited him to India.
— Narendra Modi (@narendramodi) August 3, 2016
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।