राजनीति

राम्रो काम गरे सरकारलाई साथ दिइन्छः निवर्तमान प्रधानमन्त्री

साउन २०, २०७३

    काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रो काम गरे साथ दिइने बताएका छन्। 

    भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेपछि बुधबार समर्थकसँग उनले आफूले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै राम्रो काम गर्नुस् भनेर सुझाव दिएको बताए। 

    उनले हामीले अगाडि बढाएका विकासका कार्यक्रम र सम्झौता कार्यान्वयन गर्छु भन्नु प्रधानमन्त्री दाहालको राम्रो कुरा हो भने। उनले भने, “हामीले कोरेको विकासको बाटोमा हिँड्नु पर्छ, देश मै खनिज र इन्धनलगायत खानी पत्ता लगाएर उत्खनन् गर्न सुरु गरेका छौँ, यसलाई पूर्ण बनाउन सके विदेशीको भर पर्नुपर्दैन।” 

    पैसा नभएर विकासको काम नरोकिने तर योजना बनाउन नसके र क्षमता नभए विकास नहुने उनको टिप्पणी थियो। 

    आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराईका मुद्दाको सम्बोधन गरेको जिकिर गर्दै उनले मधेसवादी मोर्चाको ३६ बुँदे माग घटेर अहिले तीनबुँदेमा सीमित भएको बताए। नेकपा (एमाले)का अध्यक्ष ओलीले आगामी असोजपछि एमालेले तराईमा अभियान चलाएर मधेसी मोर्चाले तराईका जनतालाई झुक्याएका विषयको भण्डाफोर गरी तराईको विकासमा आफूले गरेका कामको जानकारी गराइने बताए। 

    निवास पुगेपछि उनलाई बुबा मोहनप्रसाद ओलीले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो भने समर्थकले ओलीको पक्षमा नारा लगाएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]