राजनीति

माओवादी र कांग्रेसको भागमा कुन-कुन मन्त्रालय?

साउन २०, २०७३

    काठमाडौं : प्रधानमन्त्रीमा चयन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सपथ ग्रहण गर्दैछन्। 

    बुधबार ३ बजे राष्ट्रपति निवास शीतलभवनमा हुने सपथ ग्रहणमा नवनिर्वाचित प्रधानमन्त्री दाहालले सपथ ग्रहण गर्ने भएका छन्। यसलगत्तै, प्रधानमन्त्री दाहालले सानो आकारको मन्त्रीमण्डल समेत बनाउने भएका छन्। माओवादीका केही नेता र कांग्रेसका केही नेतालाई लिएर सानो मन्त्रीपरिषद् बनाउने र मन्त्रीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम समेत तय भएको छ। 

    पहिलो चरणमा कांग्रेसका विमलेन्द्र निधि र माओवादी केन्द्रका कृष्णबहादुर महरालगायतलाई मन्त्रिपरिषद्मा ल्याउने तयारी गरिएको छ। कांग्रेसका विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुनेछन्। उनलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिएर पठाउने तयारी शेरबहादुर देउवाले गरेका छन्। 

    यस्तै, कृष्णबहादुर महराले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने लगभग तय भएको छ। यस्तै, पार्टीका तर्फबाट पहिलो चरणमा जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे र प्रभु शाहलाई मन्त्रिपरिषद्‍मा लैजाने तयारी गरिएको चर्चा छ। बिहीबार बिहान बस्ने पार्टीको केन्द्रीय कार्यालयको बैठकले पहिलो चरणमा मन्त्रीमा जाने नेताहरूको टुङ्गो लगाउनेछ।

    नयाँ सरकारमा कांग्रेसले १३ वटा मन्त्रालय र माओवादी केन्द्रले ९ वटा मन्त्रालय लिनेगरी भागवण्डा गरिएको छ भने ६ वटा मन्त्रालय अन्य साना दललाई दिने गरी छुट्टाइएको छ। ६ मन्त्रालयमध्ये राप्रपालाई दुई र नेकपा संयुक्तलाई एक दिने मोटामोटी समझदारी भएको छ। बाँकी तीन मन्त्रालय साना दलको लागि राखिएको छ।

    भागवण्डा अनुसार कांग्रेसले गृह, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, खानेपानी तथा सरसफाई, पर्यटन, शान्ति तथा पुन:निर्माण मन्त्रालय लिने भएको छ। यस्तै, माओवादी केन्द्रले अर्थ, सूचना तथा सञ्चार, ऊर्जा, स्वास्थ्य, वन, कानुन, सहरी विकास मन्त्रालय लिने भएको छ। 

    कांग्रेस र माओवादीबीच स्थानीय विकास, सामान्य प्रशासन र कानुन मन्त्रालय कसले लिने भन्नेमा भने विवाद भएको तर बुधबार रातीसम्म भएको छलफलमा कानुन माओवादीले र सामान्य प्रशासन कांग्रेसले लिने सहमति भएको छ। तर, स्थानीय मन्त्रालयका सम्बन्धमा भने कुनै सहमति हुन सकेको छैन्।

    यस्तै, कांग्रेस माओवादीले सरकारमा २ जना मात्र उपप्रधानमन्त्री राख्ने सहमति गरेको पनि बुझिएको छ।  

    नयाँ सरकारमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारलाई भने समावेश नगरिने सहमति कांग्रेस र माओवादीबीच भएको छ। गच्छदार सरकारमा जाने चर्चामा मधेसी मोर्चाले आपत्ती जनाएपछि तत्काल गच्छदारलाई सरकारमा नलैजाने मनस्थिति कांग्रेस माओवादीले बनाएका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]