काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले विधि र मापदण्ड पुर्याएर मात्र मन्त्री चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ। बिहीबार बिहान काठमाडौं वनस्थलीको एक होटलमा बसेको पौडेल पक्षधरको भेलाले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरेर वा अनुमोदन गरेर मात्र मन्त्री चयन गर्न आग्रह गरेको हो।
कांग्रेसको विधान अनुसार मन्त्रीको चयन संसदीय समितिले गर्नुपर्छ। तर संसदीय समिति नै गठन नभएको अवस्थामा मन्त्रीको चयन केन्द्रीय समितिबाटै हुनुपर्ने व्यवस्था भएकाले त्यही अनुसार गर्न पौडेल पक्षले माग गरेको हो।
पौडेल पक्षको भेलामा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, महेश आचार्य, डा. मिनेन्द्र रिजाल लगायत सहभागी थिए।
पौडेल पक्षको भेलामा रोल्पाका सांसद अमरसिंह पुनले सशस्त्र युद्धमा रोल्पामा धेरै कांग्रेस कार्यकर्ता मारिएको भन्दै त्यतिबेलाको पीडक माओवादी नेतालाई प्रधानमन्त्री निर्वाचनमा मतदान गर्दा पीडा भएको बताएका थिए। उनले पार्टी निर्णय अनुसार मतदान गरेपनि आफूलाई दुख लागेको बताएका थिए।
सांसद पुनले मगर जाति नेपालको तेश्रो ठूलो जाति भएकाले सरकारमा पार्टीले मगर समुदायको प्रतिनिधित्व पनि गराउनुपर्ने बताएका थिए। उनले माओवादीमा मगर नेताहरुको वर्चश्व रहेकाले कांग्रेसले पनि मगर समुदायबाट मन्त्री चयन गर्नुपर्ने बताएको थाहाखबरलाई जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।