विश्व

संयुक्त राष्ट्रसंघ भन्छ- सुरक्षाबल र जिहादी समूहको युद्धमा २० हजार बालबालिका फसेँ

फोटोः euronews.com
जेठ १९, २०७३

    बग्दाद : संयुक्त राष्ट्रसंघको बालबालिका कोष (युनिसेफ) ले इराकी सुरक्षाबलले इराकको फालुजा सहर कब्जा गर्ने क्रममा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा कम्तीका २० हजार बालबालिका फसेका जनाएको छ। झडपको कारण २० हजार बालबालिका फसेका युनिसेफले अनुमान गरेको इराकका प्रतिनिधि पेटर हाकिन्सले बताएका छन्। 

    इराकी सुरक्षाबलले गत मे २२ बाट फालुजामा इस्लामिक स्टेट आइएस आतङ्ककारी विरुद्ध सुरु गरेको भीषण कारबाहीको क्रममा त्यहाँ बसोवास गर्दै आएका केही बासिन्दा मात्र भाग्न सफल भएका थिए। सो कारबाहीको कारण यस इलाकामा खानेपानी र खाद्य पदार्थको समेत अभाव भएको बताइएको छ। 

    बालबालिकालाई आइएस लडाकू समूहले जवरजस्ती जारी द्वन्द्वमा लडाकूको रुपमा भर्ती गर्ने डर समेत रहेको जानकारी दिइएको छ। फाजुला सहरका सर्वसाधारणलाई त्यहाँबाट सुरक्षित रुपबाट भाग्नसक्ने व्यवस्था मिलाउन युनिसेफले सुरक्षाबललाई आग्रह गरेको छ। 

    सिरियाको छिमेकमा पर्ने यस इलाकामा आइएसको कब्जाबाट हटाउने सुरक्षाबलको यस प्रयासका क्रममा सर्वसधारण नागरिक फसेका जनाइएको छ। फजुला सहरमा करिब ५० हजार सर्वसाधारण नागरिक फसेका बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]