राजनीति

बेलायती र चिनियाँपछि ओलीले भेटे भारतीय राजदूत

साउन २३, २०७३

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने कुनैपनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका छन्। आइतबार भारतीय राजदूत रणजीय रायबसँगको भेटमा उनले आन्तरिक राजनीतिमा अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका हुन्। 

    'हाम्रो पार्टी छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा रहेको छ । नेपालको आन्तरिक राजनितिमा हुने कुनैपनि अस्वाभाविक चलखेलहरु स्विकार्य हुदैन'-ओलीलाई उदृढ गर्दै प्रचार विभाग सचिव विष्णु रिजालले भने।   

    एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो। भेटमा एमाले अध्यक्ष ओलीले एमाले छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धको पक्षमा रहेको बताएका थिए।

    त्यस्ता चलखेलहरुले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कताका साथ काम गर्न अध्यक्ष ओलीले भेटका क्रममा जोड दिएका थिए। यसअघि एमाले अध्यक्ष ओलीले शनिबार बेलायती र चिनियाँ राजदूतसँग भेट गरेका थिए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]