काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
अनिल ढकाल
चितवन : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेपालमा सरकार परिवर्तन हुँदा दक्षिणी छिमेकी भारतमा खुशियाली मनाइनु राम्रो संकेत नभएको बताएका छन्। चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार परिवर्तनको खुशियाली भारतीय सञ्चार माध्यमहरुमा देखिनु राम्रो लक्षण नभएको बताएका हुन्।
'यो सरकार बन्दाखेरि को को खुशी भए भन्ने जगजाहेर छ को, दक्षिणतिरका पत्रपत्रिका खुशी भएका छन्। त्यत्तिकै त हुँदैन नि!' उनले भने 'उहाँहरुले हामी खाँट्टी राष्ट्रवादी हो भन्नुभयो खाँट्टी राष्ट्रवादीलाई फेरि अर्कोतिरबाट समर्थन हुन्छ त? यो प्रक्रियामा जहाँ खुशी मनाइयो ? त्यतिकै त खुशी मनाएका छैनन्। उत्तर र दक्षिणतिरका पत्रिका हेर्नुस् त के छन् ? प्रतिक्रिया त प्रष्टै छ।'
अध्यक्ष वैद्यले मधेसवादी दलहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने भएपनि त्यहाँ राष्ट्रिय स्वाधीनतासँग जोडिएका कतिपय विषय भएको बताए। उनले संविधान संशोधनबाट मात्र मधेसको समस्या समाधान नहुने जिकिर गरे। ' मधेसीहरुले राखेको जायज माग पूरा हुनुपर्छ। तर राष्ट्रिय सेवाधिनताका सँग सम्बन्धित प्रश्न पनि कहिँ कहिँ जोडिन्छन्, त्यसमा अहिलेको सरकारले के गर्छ हेर्न बाँकी छ' अध्यक्ष वैद्यले भने 'संविधान संशोधन गरेर मात्र समस्या समाधान हुँदैन संविधान आमूल परिवर्तन गरेर मात्र समस्या समाधान हुन्छ।'
गएको सरकारले जनताको पक्षमा खासै काम गर्न नसकेको भन्दै वर्तमान सरकारले पनि जनताको पक्षमा काम गर्नेमा आफु विश्वस्त नरहेको बताए। बाटो नै फरक भएकोले माओवादी केन्द्र संग एकीकरण नहुने पनि वैद्यले स्पष्ट पारे। राज्य पुनर्संरचनाको टुङ्गो नलगाई स्थानीय निकायको निर्वाचन सम्भव नभएको पनि वैद्यले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।