समाज

पत्रकार महासंघ सल्यानका अध्यक्ष शर्माको निधन

जेठ २०, २०७३

    सल्यान : नेपाल पत्रकार महासङ्घ शाखा सल्यानका अध्यक्ष शालिकराम शर्माको उपचारका क्रममा निधन भएको छ। भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा आज बिहान ५२ वर्षको उमेरमा निधन भएको हो। 

    सल्यानमा रहेर दुई दशक लामो पत्रकारिताको अनुभव सँगालेका शर्मा केही समयअघि देखि ब्लड क्यान्सरबाट पीडित हुनुन्थ्यो। गत जेठ १६ गतेदेखि शर्माको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि उहाँलाई काठमाडौँको अल्का अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। थप उपचारका लागि चौतर्फी आर्थिक सङ्कलनको तयारी गरिरहेको बेला उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

    यसैबीच, नेपाल पत्रकार महासङ्घ सल्यानको आकस्मिक बैठक सम्पन्न भएको छ। बैठकले शर्माको निधनप्रति दुःख व्यक्त गर्दै जिल्लामा हुने कुनै पनि औपचारिक कार्यक्रममा १३ दिनसम्म सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष सनतकुमार शर्माले बताउनुभयो। शाखाले आजै खलङ्गामा श्रद्धाञ्जलि सभाको आयोजना गर्ने र शोकपुस्तिका राख्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]