काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
अनिल ढकाल
चितवन : चितवनको मेघौलीमा एउटा गैडाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको चौधरी ग्रुपको होटल मेघौली सेराई छेउमा एक वयस्क पोथी गैडा मृत अवस्थामा फेला परेको हो।
होटलको लापरवाहीका कारण गैडा मरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। होटल सेराईले नजिकैको राप्ती नदीमा पर्यटकलाई मनोरञ्जनका लागि तैरने ब्यवस्था मिलाउनका लागि ड्रम राख्न वेल्डिङ गर्ने काम गरिरहेको छ। सोही स्थानमा गैडा मृत अवस्थामा फेला परेको हो।
वेल्डिङ गर्नका लागि लगिएको बिजुलीको तार त्यसै छोडेपछि राती करेन्ट लागेको हुनसक्ने स्थानीयले बताएका छन्। तर, वेल्डिङको सामान भने लुकाइएको थियो। चितवन राष्ट्रिय निकुञ्जको प्रारम्भिक अनुसन्धानले पनि करेन्ट लागेको अनुमान गरेको छ। निकुञ्जका सुचना अधिकारी नरेन्द्र अर्यालले पनि घटनाको प्रारम्भिक अनुसन्धानबाट बुझ्दा करेन्ट लागेर मरेको हुन सक्ने बताएका छन्।
घटनाको थप अनुसन्धानका लागि होटलका कर्मचारी र केही स्थानीय गरी ७ जनालाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ भने केहीको खोजी कार्य भईरहेको निकुञ्जले जनाएको छ। पोष्टमार्टमको रिपोर्ट बुधवारसम्म आउने अर्यालले बताएका छन्।
आइतबार राती गैंडा मरेपनि सोमबार बिहान मात्र थाहा पाएको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्याम अधिकारीले बताए। घटनास्थलको प्रकति हेर्दा पनि करेन्ट लागेको हुन सक्ने मध्यवर्तीका अध्यक्ष अधिकारीले बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।