राजनीति

संविधान कार्यान्वयनको वातावरण बनाउनु मुख्य चुनौती : प्रधानमन्त्री

फोटो : प्रधानमन्त्रीको सचिवालय
साउन २५, २०७३

    काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण, सुशासन र आर्थिक समृद्धि सरकारको मूख्य प्राथमिकता भएको बताएका छन्। बधाई दिन बालुवाटारस्थित निवासमा आएको नेपाल पत्रकार महासंघको टोलीसँगको कुराकानीमा उनले यी काममा उपलब्धी हासिल गर्न सहयोग गर्न आग्रह गरेका छन्।  

    ‘सरकार आफ्नो प्राथमिकतामा स्पष्ट छ। यहाँहरुको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्दछु’ उनले भने।  प्रधानमन्त्री प्रचण्डले आफू श्रमजीवीकै पक्षमा संघर्ष गर्दै आएको नाताले श्रमजीवी पत्रकारहरुका मागबारे आफू संवेदनशील भएको पनि बताएका छन्।

    अहिलेको चुनौती सकारात्मक वातावरण बनाइ संविधान कार्यान्वयन अगाडि बढाउनु रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि प्रमुख राजनीतिक दलमात्र नभई सबै समुदायहरु पनि एक हुनुपर्ने बताए। अहिलेको मुख्य चुनौती भनेको संविधान कार्यान्वयनको सकारात्मक वातावरण बनाइ कार्यान्वयन अगाडि बढाउनु हो। त्यसका लागि देशका सबै राजनीतिक शक्ति र सबै समुदाय एकतावद्ध नभई सम्भव छैन' उनले भने 'सबै समुदायको एकता कायम गर्न सकिएन भने संविधान कार्यान्वयन नहुने अवस्था छ।'

    मुलुक अहिले सम्भावना र चुनौतीको संघारमा रहेको भन्दै प्रचण्डले सबै एकतावद्ध भएमा सम्भावनाको पक्ष बलियो हुने र एकतावद्ध नहुँदा अप्ठेरो स्थिति आउन सक्ने बताए। 'राष्ट्र सम्भावनाको संघारमा पनि छ चुनौतीको संघारमा पनि छ। हामी सबैले एकतावद्ध भएर संघर्ष गर्दा अवसर र सम्भावनाकै पक्ष बलशाली भएर जान्छ। हामी एकतावद्ध हुन सकेनौं भने अप्ठेरो स्थिति आउन पनि सक्छ' उनले भने।  

    सेना समायोजन र हतियार व्यवस्थापन जस्ता जटिल विषय टुंगो लगाएपनि युद्धका मुद्दाहरुको स्थिति अझै नटुंगिएको भन्दै आफूहरु त्यस विषयमा गम्भीर भएको प्रधानमन्त्री प्रचण्डले बताए। 'सेना समायोजन हतियार व्यवस्थापनलाई त हामीले टुंगोमा पुर्‍याएकै हो तर अझै पनि युद्धको बेलाका मुद्दाहरुको स्थिति के हुने हो। सत्य निरुपण आयोगले कता लैजाने हो। वेपत्ता आयोगले कसरी काम गर्ने हो? यो टुंग्याउनका निम्ति पनि युद्धको प्रक्रियाबाट आएकाहरुलाई यसको गम्भीरतको बोध हुनु स्वभाविक हो' प्रधानमन्त्रीले भने।  

    भूकम्पबाट ध्वस्त संरचनाको पुनर्निर्माणका विषयमा यसअघि भएका कामहरु निकै ढिलो भएकाले त्यसलाई जनचाहना अनुसार छिटो गर्नुपर्ने आवश्यकता देखिएको प्रचण्डले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]