राजनीति

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति एक हजार ९९ सदस्यीय

फाइल फोटोः दीपक केसी/थाहाखबर
जेठ २१, २०७३

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ। 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो। बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सय जना भने आगामी दिनमा थपिने माओवादी केन्द्रले जनाएको छ। 

    पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ। 

    यस्तै बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो। बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो। 

    ‘‘सबै विचार तथा समूहलाई जिम्मेवारी दिएर जनताको तहसम्म पुर्‍याउनका लागि महाधिवेशन आयोजक समिति ठूलो बनाइएको हो। पार्टी सङ्गठन विस्तार गर्नका लागि मात्रै ठूलो बनाइएको हो। 

    सो समिति महाधिवेशनसम्मका लागि हो। महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव पार्दैन’’ – प्रवक्ता भुसालले भन्नुभयो। 

    बैठकमा केही नेताले भने महाधिवेशन आयोजक समिति ठूलो बनाउन नहुने धारणा राख्नुभएको थियो। उहाँहरुले सङ्गठनात्मक संरचना ठूलो बनाउँदा काम गर्न समस्या पर्ने भन्दै चुस्त र दुरुस्त बनाउन आग्रह गर्नुभएको थियो। 

    बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पुर्‍याउने निर्णयसमेत गरेको छ। सोही निर्णयअनुसार आज प्रदेश नं ३ को प्रशिक्षण कार्यक्रम राखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]