काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तार...
काठमाडौं : नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा पदाधिकारीले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न सुझाव दिएका छन्।
नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशन सफल बनाउन आज पूर्व अध्यक्ष तथा पदाधिकारीसँग गरेको छलफलमा उनीहरूले विधानलाई सङ्घीय ढाँचामा लगी समावेशी बनाई प्रभावकारी केन्द्रीय समिति बनाएर अघि बढ्न सुझाव दिएका हुन्।
लामो समय अधिवेशन नहुँदा सङ्गठन र मुलुकको शैक्षिक आन्दोलनसमेत कमजोर भएकाले पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न उहाँहरूले सुझाव दिनुभएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो।
छलफलमा पूर्व केन्द्रीय अध्यक्ष तथा पदाधिकारी गोविन्द भट्टराई, गुरु घिमिरे, बद्री पाण्डे, केशव सिंह, मीन विश्वकर्मालगायत थिए।
नेवि सङ्घको ११ औँ अधिवेशन आगामी साउन २५ देखि २७ गते सम्म राजधानीको भृकुटीमण्डपमा गर्ने प्रस्ताव जारी केन्द्रीय समिति बैठकले गरिसकेको छ। विसं २०६३ सालयता नेवि सङ्घको अधिवेशन हुन सकेको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।