समाज

रत्नपार्कमा बन्दैछ प्रतीक्षालय र खाजाघर

रत्नपार्क। फोटोः nepalmountainnews.com
जेठ २७, २०७३

    काठमाडौं : रत्नपार्कमा आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै केही समयमा पार्कभित्र प्रतीक्षालय र खाजाघर बनाउने तयारी गरिएको छ। 

    गत चैतको पहिलो सातादेखि रत्नपार्कमा इन्टरनेट सुविधा उपलब्ध भएसँगै त्यहाँ जाने अवलोकनकर्तालाई व्यवस्थापन गर्नका लागि प्रतीक्षालय र खाजाघर राख्न लागिएको कामपा, रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीले जानकारी दिनुभयो। 

    उहाँका अनुसार गत शनिबार मात्रै रत्नपार्कमा अवलोकन गर्न आउने तीन हजार ११० जना थिए। झन्डै एक वर्षअघिदेखि रत्नपार्कको थप व्यवस्थापन गरी अवलोकनकर्ताबाट शुल्क समेत लिन थालिएको छ। प्रवेश शुल्क विद्यार्थीका लागि रु १५ तथा अन्यका लागि रु २५ निर्धारण गरिएको एकाइले जनाएको छ। 

    गत शनिबार हालसम्मकै बढी अवलोकनकर्ता रत्नपार्कको अवलोकन गर्न आएका थिए। अवलोकन गर्न आएकाबाट प्रवेश शुल्कस्वरुप रु ७२ हजार ८०० असुल गरिएको। अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानी पनि बढेको छ। अघिल्लो शनिबार रु ३५ हजार मात्र उठेको थियो। 

    रत्नपार्कका पानी पर्दा ओत लाग्ने ठाउँ पनि बनाउने तयारी गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]